२०७९ मंसीर २८ काठमाडौं।

सिन्धुली जिल्ला कमलामाई नगपालिका वडा नम्बर ४ सातपत्रे निवासी कृषक सुर्य बहादुर थापाले लगाएको फर्सी, पिडालु, सखरखण्ड दुम्सी, मुसो, बाँदरले यो ७९सालमा मात्रै सात लाख बराबरको नष्ट गरिदियो । सिन्धुली कमलामाई ४ सातपत्रेका  बासिन्दाको रातीको समय दुम्सी धपाउँदै बित्ने गरेको छ । खाद्यान्न बाली लगाएत फलफूल जोगाउन उनीहरु दैनिक राती दुम्सी धपाउनमै व्यस्त हुने गरेका छन् । पिडालु, फर्सी, सखरखण्ड, आलु, प्याज फलफूललगायत ठूलो सङ्ख्यामा आउने दुम्सिले नोक्सानी गरेको किसान सुर्य बहादुर थापा बताउनुहुन्छ । हिउँदे बाली, तरकारी तथा फलफूल नोक्सान गरेपछि दुम्सी लखेट्न सातपत्रे निवासी गाउँले राती नसुती जागा बसेर दुम्सी धपाउन आगो बालेर होहल्ला गर्ने, थाल ठटाउने, ढ्याङ्ग्रो बजाएर दुम्सी तर्साउने उपाए गरेर बस्ने गरेका छन् । वन्यजन्तु संरक्षण ऐन अनुसार दुम्सी मार्न नपाइने भएकाले सातपत्रेका स्थानीयवासीले ठूलो दुःख पाएका छन्।

दुम्सी रातीको समयमा सक्रिय हुने एक प्रकारको स्थनधारी जंगली प्राणी हो । यो मानव बस्तीको नजिक जंगल आसपास माटो मुनी प्वाल बनाएर बस्ने गर्दछ । यो प्राणी सुरक्षाको दृष्टिकोणले अत्यन्तै खतरनाक हुनेगर्छ । यसलाई  आत्मसुरक्षाको लागि प्रकृतीलेनै शरीरभरी काँडा दिएको हुन्छ।  स्वस्थ दुम्सीले एक पटकमा ४ देखी ५ वटा सम्म बच्चा जन्माउने गर्दछ । यसको प्रमुख आहार जंगली कन्दमूल हो । जंगल विनास भए सगै जंगलमा आहार कम भएकोले मानव बस्ती भित्र यो छिरेको हुनुपर्छ । यसले पिडालु ,फर्सी, भ्याकुर, सिम्मल तरुल, सखरखण्ड, आलु, मकै, कुरिलोको जरा, बदाम, अत्यधिक मन पराउँछ।

एकातिर जंगल भित्र मान्छे पसेर दुम्सीले खाने जगंली कन्दमूलहरू खोजेर, खनेर मानिसले खाइदिने अर्को तिर दुम्सी रातीको समयमा मानव बस्ती भित्र छिरेर मानिसहरूले रोपेको अन्नबाली, फलफूल, कन्दमूल खाइदिने यसरी भईरहेको छ दुम्सी र मानिस बीचको द्वन्द।