२८ मंसिर, काठमाडाैं ।
काठमाडौँ नगर पञ्चायतका दिवङ्गत पूर्वप्रधानपञ्च कमल चित्रकारको बिहीबार बिहान अन्त्येष्टि गरिने भएको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित चित्रकारको वीर अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको छोरी कुसुमले जानकारी दिनुभयो ।
स्वर्गीय चित्रकारका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । हाल उहाँको शव महाराजगञ्जस्थित शिक्षण अस्पताल टिचिङमा राखिएको छ । विद्यार्थी राजनीतिमा सक्रिय चित्रकारले नेपाली कांग्रेस निकट नेपाल तरुण दलको महामन्त्री रहेर काम गर्नुभएको थियो । उहाँ राजनीतिक जीवनमा चार वर्ष जेल पर्नुभएको थियो ।
विसं २०३८ मा काठमाडौँ महानगरको प्रधानपञ्च बन्नुभएका चित्रकारले त्यसबेला रत्नपार्क भोटाहिटी जोड्ने अन्डरपास निर्माणलगायतका विविध कामहरू गर्नुभएको थियो ।