पेरिसमा आयोजित युक्रेनका लागि सहायता सम्मेलनमा भेला भएका देशहरूले यस हिउँदमा युद्धग्रस्त देशलाई मद्दत गर्न करिब एक अर्ब युरोको सहायता दिने वाचा गरेका छन् । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले यस निर्णय सार्वजनिक गरेकी हुन् । मन्त्री क्याथरिनले भनिन्- यी “नयाँ प्रतिबद्धताहरू हुन्, यो सहायता अथवा उपहार हो। यो ऋण होइन।”