कपिलवस्तुमा दृष्टिविहीनताको अवस्था डरलाग्दो देखिएको छ । जिल्लाको १० वटैपालिका गरिएको जाँचबाट आँखाको बिरामी सङ्ख्यामा वृद्धि देखिएको हो । कपिलवस्तुमा १० हजार नौ सय ९७ आँखाका बिरामी देखिएका छन् । नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले आज शिवपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कपिलवस्तु जिल्लामा आँखाको बिरामीको स्थितिको बारेमा तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्लामा शिवराज नगरपालिकामा सबैभन्दा बढी आँखाको बिरामी रहेको बताइएको छ । शिवराजमा एक हजार छ सय ७९ आँखाको बिरामी रहेको तथ्याङ्कमा देखाइएको छ । वाणगङ्गा नगरपालिकामा एक हजार छ सय २४, बुद्धभूमि नगरपालिकामा एक हजार चार सय २९, कृष्णनगर नगरपालिकामा एक हजार तीन सय ७८ र महराजगञ्ज नगरपालिकामा एक हजार दुई सय छ आँखाको बिरामी रहेको बताइएको छ । जिल्लाको मायादेवी गाउँपालिकामा एक हजार ६१, शुद्धोधन गाउँपालिकामा नौ सय ९४, यशोधरा गाउँपालिकामा आठ सय १३ र विजयनगर गाउँपालिकामा आठ सय १३ आँखाका बिरामीको पहिचान भएको नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शमशेर थापाले जानकारी दिनुभयो ।