‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत आज मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमले बालबालिका एवं युवामा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र आउँदा दिनमा यो कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको राष्ट्र बैंकका उपनिर्देशक डा भागवत आचार्यले बताउनुभयो । यस वर्ष चार ठाँउमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ । यसअन्तर्गत सिन्धुपाल्चोक अघि नुवाकोटमा कार्यक्रम सम्पन्न भएको आचार्यले बताउनुभयो । आजको कार्यक्रममा करिब एक सय ५० जना सहभागी थिए । आचार्यले वित्तीय कारोबारसम्बन्धी ज्ञान नै वित्तीय चेतना रहेको जनाउँदै यसले मानव जीवनको लागि अपरिहार्य वित्तीय साधन र वित्तीय कारोबारसम्बन्धी चेतना दिन सहयोग पु¥याउने बताउनुभयो ।