यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ अङ्कमा कायम भएको छ । आज दुई सय ५३ कम्पनीको ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर २४ हजार छ सय ४४ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १० करोड ३४ लाख चार हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८० कम्पनीको मूल्य घटेको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ९८ दशमलव ४० अङ्कले र उत्पादन समूहको उपसूचक ८२ अङ्कले घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूह ३० दशमलव ८०, विकास बैंक समूह ४७ दशमलव ९१, वित्त समूह २० दशमलव ९९ र होटल तथा पर्यटन समूह २७ दशमलव ६१ अङ्कले घटेको छ ।