२०७९ मंसिर २३ काठमाडौ नेपाल।

रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार आगलागी भएको भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।स्थानीय समयानुसार शुक्रबार बिहान ७ः०५ बजे आगलागीे सुरु भएकोे जनाइएको छ । यस आगलागीले सात हजार वर्ग मिटर क्षेत्रफल ओगटेको रसियाको आपतकालीन मन्त्रालयको प्रेस कार्यालयले जनाएको छ । यस आगलागीबाट भएको धनजनको क्षतिको हाल केही समाचार प्राप्त भएको छैन् । हाल घटनाको विस्तृत विवरण प्राप्त नभएको समाचारमाा जनाइएको छ ।