७९ मंसीर काठमाडौं नेपाल।

चीनले आन्तरिक द्वन्द्वबाट तहसनहस भएको इराकको पुनः निर्माणका निम्ति निरन्तर सहयोग गर्ने बताएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्रपति सी चिनफिङले आर्थिक क्षेत्रको पुनर्निर्माण, उद्योगहरूको स्थापना,इराकी जनताको जीवन यापनमा सुधार, दिगो विकासका निम्ति निरन्तर सहयोग गर्ने बताउनुभएको हो । इराकी प्रधानमन्त्री मोहम्मद शिहा अल सुडानीसँग आज यहाँ भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा मन्तव्य व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सीले इराकलाई सहयोग गर्ने बताउनुभयो ।