२०७९ मंसिर २२ काठमाडौ, नेपाल ।
जनसमाजवादी पार्टीले नेपालीहरूको बार्षिक आम्दानी पचास हजार डलर पुर्याउने अभियान सुरु गर्दैछ। पर्यटन क्षेत्र लाई बिस्तार गर्दै नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य सहितको “स्टार मोडल” अभियान अगाडि सारेको छ।
“स्टार मोडल” कार्यक्रम अन्तरगत बुदाहरू:-
१) काठमाडौ उपत्यका लाई कल्चरल सिटि बनाउने।
२) देशभरी २१हजार कल्चरल सिटि बनाउने पुर्वीय दर्शन सभ्यता नेपालमा भित्र्याउने।
३) पच्चीस सयको जिडिपी बनाउने ।
४) नेपालीको ५०हजार डलर परक्यापिटल आम्दानी पुर्याउने।
५) नेपाली मौलिक सैलिको २१हजार आधुनिक बस्ती बनाउने।
६) हरेक वडालाई समृद्ध बनाउने।
७) हिमालय हाईवय बनाउने।
८) हिमाली भेगमा ६०वटा सहर निर्माण गर्ने।
९) अपि हिमाल देखि सवै हिमाल सम्म पर्यटन भित्र्याएर देशलाई विलियन्स डलर आम्दानी गराउने।
१०) पर्यटन दैनिक १लाख माथी भित्र्याउने र पर्यटन बाट मात्रै राज्यलाई ३सय खर्व डलर आम्दानी गराउने।
११) ७करोड रोजगारी सृजना गर्ने।
१२) हरेक वडामा पाँच तारे होटल बनाउने, हरेक वडामा अन्तर्राष्ट्रिय स्थरको एउटा् अस्पताल बनाउने।
१३)धान कोदो मकै, गहु, तरकारी, फलफुल, माछा मासु नेपालमै उत्पादन गर्ने र नेपाललाई आत्मनिर्भर राष्ट्र बनाउने।
१४) नेपालमा काम गर्ने नेपाली श्रमजीवी लाई प्रतिघन्टा श्रम न्युनतम १०डलर दिने।
१५) शिक्षा निसुक्ल गर्ने, देशमा हार्वड बिश्व बिद्यालय बनाउने।
१६) स्वास्थ्य उपचार निसुक्ल गर्ने।
१७) तराईमा १४लेन पहाडमा ४लेनको हिमाल-पहाड-तराई जोडन १लाख किलोमिटरको बाटो बनाउने।
१८) हरेक वडामा कम्तीमा १५जना बैज्ञानिक उत्पादन गर्ने, वडा कार्यलयमै अदालत बनाउने।
१९) नेपाललाई इकोनोमिक जोन बनाउने।
२०) प्रत्येक नेपालीलाई अनिवार्य रोजगारी दिने, रोजगारी नदिए सम्म बेरोजगार नेपालीलाई खान लाउन पुग्ने गरि न्युनतम पचास हजार माथि भत्ता दिने।
२१) बृद्ध,अपाङ्ग,असक्तलाई पालनपोषण रेखदेख स्याहार सुसार हेरबिचारको सम्पुर्ण जिम्मा लिने।
२२) सवै नेपाली लाई नेपाल भित्रै रोजगारी दिने।
जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले सामाजिक विज्ञानअन्तरगत भूगोल, इतिहास, अर्थशास्त्र, दर्शनशास्त्र, समाजसास्त्र, मानवशास्त्र, नागरिकशास्त्र, राजनीतिशास्त्र, जनसंख्याशास्त्र, नीतिशास्त्र र मनोविज्ञान आदि विषयहरूमा दख्खल छन । उर्जा क्षेत्रको बिस्तार र उत्पादनमा लामो समय देखि संलग्न छन । समाजलाई जहिले पनि गतिशील राख्नुपर्छ, समाजलाई व्यवस्थित र सन्तुलनमा राख्न सवैले पहल गरिराख्नु पर्दछ भन्दछन काफ्ले । विश्वका अन्य मुलुकहरुसँग मैत्रीपुन सम्बन्ध राखी देशमा शान्ति, समृद्धि र सुव्यवस्थाको बारेमा काम गर्नुपर्ने हुन्छ । यसका लागि सिर्जनात्मक सोच भएका इमान्दार, नैतिकवान, राष्ट्रभक्त, आफ्नो परम्परा तथा संस्कृतिको रक्षा गर्ने दक्ष नागरिकहरू उत्पादन गर्न हामिले सक्दो नेतृत्वदायीक पहल गर्नु पर्छ । नंया युवा पुस्ताहरू राम्रो काममा सहभागी बन्न सकुन् भन्ने भावना हुनुपर्छ । जस्ले राष्ट्रको माग र मानव समुदायको चाहनाअनुरुपका विषयवस्तुहरु लाई समेटन सकुन् भन्ने भावना बिकास गर्न हामिले नेतृत्वदायीक भुमिका खेल्नुपर्छ भन्दछन जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले ।