सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिकासमक्ष कार्य प्रगति विवरण पेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्देशनपछि महुरेबाट राजापानीको सिम्पानी (२२ किलोमिटर) सडकखण्ड कालोपत्रको काम गरिरहेको भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले प्रगति विवरण पेश गरेको हो । भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीका प्रतिनिधि सन्तोष ढकालले यही मङ्सिर १६ देखि अगामी पुस १३ गतेसम्म गर्ने कार्यविवरण पेश गर्नुभएको नगरपालिकाले जनाएको छ । भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले मङ्सिर १६ गतेदेखि हप्ता दिनसम्म सवबेस मर्मत गर्ने, बेस क्रसर उत्पादन गरी बेस बोक्ने, बेस फिजाउने र चार किलोमिटरमा डिबीएसटी (पिच)को काम सुरु गर्ने कार्यविवरण पेश गरेको हो ।