७९ मंसिर २१ काठमाडौ, नेपाल ।
जर्मन प्रहरीले बुधबार राष्ट्रव्यापी छापा मार्ने क्रममा संसदमा आक्रमणको योजना बनाएको आशङ्कामा अति दक्षिणपन्थी आतङ्कवादी समूहका सदस्यहरु २५ जनालाई गिरफ्तार गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रव्यापी छापा मार्ने क्रममा तीन हजार भन्दा बढी सरकारी अधिकारीसहित आतङ्ककारीविरुद्ध संलग्न रहेका समूहले बिहानको सयम कारबाही शुरु गरेको थिए । एक सय ३० भन्दा बढी सम्पत्तिहरू खोजी गरेका जनाइएको छ । यस कार्यलाई जर्मन सञ्चार माध्यमले ठू– ठूला प्रहरी कार्यहरु मध्ये एक भएको बताएको छ । ‘सानो सशस्त्र समूहसँग जर्मन संसदमा हिंसात्मक रूपमा जबरजस्ती गर्न ठोस तयारी गरेको’ आशंका गरिएको ‘रेचका नागरिक’ (रेच्सबर्गर) आन्दोलनका कथित सदस्यहरूलाई लक्षितगरी छापा मारिएको अभियोजनकर्ताहरूले एक विज्ञप्तिमा बताएका छन् ।