७९ मंसिर २० काठमाडौ।
नंया बन्ने सरकारले पुजिबजार प्रती सकारात्मक नितिनियम ल्याउने आसमा सेयर बजार नेप्से घटन केही मात्रामा रोकिएको छ । सेयर लगानीकर्ताले धैर्यता राख्नुपर्ने हुन्छ । आज किनेर भोलिनै नाफा आउँछ भन्ने सोचलाई सेयर बजारले पूरा गर्न सक्दैन । सेयरमा लगानी दीर्घकालीन हुनुपर्छ । कम्पनी राम्रो छान्ने गर्नुपर्छ । सेयरमा लगानी होईन कम्पनीमा लगानी गरेको भन्ने सोच हुनुपर्छ । कम्पनीका संचालक खराब आचरणका छन भने त्यो कम्पनीको सेयर भाउ खासै बड्दैन । सेयर भाउ बढे पनि कृतिम बढाई हो भन्ने बजारको मान्यता छ । कम्पनीका संचालक असल ईमानदार राम्रा छन भने कम्पनीको सेयर मूल्य आज सस्तो भएपनि भोलिका दिनमा धेरै बढन सक्ने प्रवल संभावना हुन्छ।
सेयर बजारका लगानीकर्ता लाई अत्याएर तर्साउने अनि भएनभएको भ्रम छरेर सेयर मूल्य घटाएर सस्तोमा सेयर किन्ने खराव उदण्ड काला कर्तुक बोकेका समूह र ब्यक्तिहरू पनि सेयर बजारमा हुनसक्छन र हुनेगर्छन भन्ने कुरा सेयर लगानीकर्तामा ज्ञान् हुनु जरुरी छ।
सेयर बजार अहिले अत्यन्तै तल्लो बिन्दुमा झरिसकेको कुरामा दुईमत छैन । बजार जसरी घटछ त्यसैगरी बढछ यो कुरा कसैले रोकेर रोकिन्न । समयनै त्यस्तै आईदिन्छ । यो बेला सेयर किन्नेले आजको मुल्यमा १० गुना भन्दा माथि छिट्टै कमाउन सक्नेछन् भन्छन् बजारका अनुभवी, पुराना, पाका, भद्र ठुला विद्वानहरू ।
आज ९६ करोड माथिको सेयर कारोबार भयो भने नेप्से ४.८७ अकंले घटेर १९३३.८८ बिन्दुमा झरेर बजार बन्द भएको छ ।