७९ मंसिर १९ काठमाडौ नेपाल ।

चाडको अदालतले गत अक्टोबरमा भएको घातक विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएका दुई सय ६२ जनालाई तीन वर्षसम्म जेल सजाय सुनाएको छ । राजधानी एन्डजामेनाबाट छ सय किलोमिटर (तीन सय ७५ माइल) टाढा रहेको मरुभूमि कारागारमा जम्मा चार सय एकजनालाई मुद्दा चलाइएको थियो र तीमध्ये ८० जनालाई निलम्बन गरिएको र ५९ जनालाई रिहा गरिएको अभियोजक मोसा वेड जिब्रिनले बताएका छन् ।