लेवनान ले सिरियाली शरणार्थीलाई सुरक्षित स्वदेश फर्काउन संयुक्त राष्ट्रसङ्घले लेबनानी अधिकारीलाई सहयोग गर्नुपर्ने बताएको छ । लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) फिलिपो ग्रान्डीसँग ग्रान्ड सेराइलमा भन्नुभयो, “लेबनानसँग शरणार्थी मामिलाको परिणाम सहन सक्ने आर्थिक र राजनीतिक क्षमता छैन यो मुद्दा लेबनानका लागि दबाबको कारक बनेको छ ।” मिकातीले भन्नुभयो, “यस चरणको प्राथमिकता विस्थापित सिरियालीहरूलाई क्रमशः उनीहरूको देशमा फर्काउने हो किनकि सिरियामा स्थिति स्थिर भएको छ । उक्त अबसरमा ग्रान्डीले मिकातीसँग ठूलो सङ्ख्यामा सिरियाली शरणार्थीहरूलाई होस्ट गर्न लेबनानमाथि थोपरिएको अविश्वसनीय दबाबको बारेमा सहमति व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले लेबनानी जनता र देशका सबैका लागि आफ्नो मानवीय सहयोग बढाउने आश्वासन दिनुभयो । ग्रान्डीले युएनएचसीआरले सिरियाली अधिकारीहरूसँग मिलेर सिरियाली शरणार्थीहरूलाई उनीहरूको मातृभूमिमा फर्कनबाट रोक्न भएको अवरोधहरू हटाउन काम गरिरहेको बताउँदै केही चुनौतीहरूमा भत्किएका घरहरू र कठिन आर्थिक स्थिति समावेश रहेको बताउनुभयो ।