७९ मंसिर १३ काठमाडौ । अन्याय अत्याचारको बिरोधि, मानव हक अधिकार रक्षाको लागी जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने सिन्धुली घर भएका नेपालको मातृभुमी: लिपुलेक, कालापानी, लिम्पियाधुरा बचाउ अभियानका सक्रिय अभियान्ता नरनाथ गौतम “बैसाखी डन” को उपनामले चिनिन्छ्न । बैसाखी डन कुनै बेला माओवादी पार्टीमा भुमिगत भएर नेपालमा गणतन्त्र ल्याउन सक्रिय भुमिक निभाउने माओवादी पार्टी सदस्य हुन। यतीबेला उहाँ सामाजिक उद्दारको काममा लागेका छन। उहाँ भन्नुहुन्छ कानुनी राज्य कानुनी शासन सवैमा बराबर हुनुपर्छ । नेपालको सिमाना भूगोल बचाउन आफू बम बनेर बिस्पोट हुन तयार छु भन्नुहुन्छ बैसाखी डन। उहाँ थप्नुहुन्छ लिपुलेक कालापानी लिम्पियाधुरामा पाँच लाख रास्ट्रीय मुक्ती सेना निर्माण गरेर लिपुलेक कालापानी लिम्पियाधुरा मा क्याम्प नै बनाएर राख्छु यस्को लागि तयारी थालेको छु। अहिले सुरुको चरणमा दुईसय जनाको टोलि काठमाडौ बाट सो क्षेत्रमा पुग्ने तयारी छ भन्नुहुन्छ बैसाखी डन।