इरानको रिभोलुसनरी गार्ड मिलिसियाका एक सदस्यलाई सोमबार गोली हानी हत्या गरिएको छ । इस्लामिक गणतन्त्र दुई महिनाभन्दा बढी लामो आन्दोलनले तनावग्रस्त छ। आक्रमणका दोषीको पहिचानका लागि अनुसन्धान भइरहेको डेपुटी स्थानीय गभर्नर मोहम्मद-रेजा जन्नेसरीले बताएको इरना समाचार एजेन्सीले जनाएको छ। यस्तै नोभेम्बरको मध्यमा इस्फाहानमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले सुरक्षा गार्डहरूमाथि स्वचालित हतियार चलाएर एक प्रहरी कर्णेल र दुई अर्धसैनिकको हत्या गरेका थिए।