७९ मंसिर १० काठमाडौ नेपाल ।

उत्तर प्रदेशको मथुरा जिल्लामा राष्ट्रिय राजमार्ग नजिकै बन्द कन्टेनरमा २९ गाई मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले अलपत्र परेको कन्टेनरमा २९ गाई मरेको र एउटा गाई भने जिउँदै फेला पारेको बताएको छ । उक्त कन्टेनरको चालक फरार रहेको मथुरा सर्कल अफिसर (सीओ) रिफाइनरी हर्षिता सिंहले बताए । “हामीलाई मथुरा जिल्लाको राष्ट्रिय राजमार्ग नजिकै एउटा बन्द कन्टेनर रोकिएको जानकारी प्राप्त भयो र त्यहाँ पुगेर हेर्दा २९ गाई मृत फेला परेका थिए भने एउटा गाई जिउँदै फेला परेको थियो। चालक भने फरार छन्। मुद्दा दर्ता गरिएको छ,” सिंहले भनेका छन्।