एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल विजय भएको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्दुल लामा (कार्चेन) विजयी भएको छ । उहाँका प्रतिस्पर्धी नेकपा(एमाले)का दल रावल हुनुहुन्थ्यो । लामाले १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी रावलले नौ हजार पाँच सय १६ मत ल्याएर पराजित हुनुभयो । राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गर्नुभएको छ । यस्तै बदर पाँच सय २४ भएको थियोे । प्रदेशमा पनि गठबन्धनका विजयी हुम्ला प्रदेश (१) बाट गठबन्धनका उम्मेदवार माओवादीका रणसिंह परियार विजयी हुनुभएको छ । परियारले छ हजार चार सय ८१ मत प्राप्त गर्दा मङ्गलबहादुर शाहीले चार हजार छ सय ३० मत प्राप्त गर्नुभयो । यस्तै एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गर्नुभयो भने एकीकृत समाजवादीका हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गर्नुभयो । यस्तै हुम्ला प्रदेश (२) बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी हुनुभएको छ । उहाँले एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गर्नुभएको हो । शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका छक्कबहादुर लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का नैनसिंह रावतले ९८ मत प्राप्त गर्नुभयो भने जनता समाजवादी (जसपा) का बलिराज शाहीले ४१ र तिर चुनाव चिह्नका सुमन रावतले २१ मत प्राप्त गर्नुभयो । यस्तै एक सय १९ मत बदर भएको छ ।