९ मंसिर, कैलाली ।
कैलाली निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका कमलबहादुर शाह विजयी हुनुभएको छ । उहाँले १० हजार चार सय ३३ मतका साथ विजयी प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिनुभएको छ ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रतनबहादुर थापाले आठ हजार सात सय ७५ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले)का कमलाकुमारी ओलीले आठ हजार ८२ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोदसिंह राठौर ठकुरीले दुई हजार एक सय ३६ मत प्राप्त गर्नुभएको छ । कुल ३१ हजार आठ सय २६ मत खसेको प्रदेशसभामा एक हजार सात सय ७८ मत बदर भएको निर्वाचन अधिकृत जोशीले बताउनुभएको छ ।