९ मंसिर, सिरहा ।

प्रदेशसभाअन्तर्गत सिरहा जिल्ला निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा (एकीकृत समाजवादी)का प्रमोदकुमार यादव निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार बिहीबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यादवले नौ सय ६२ मतान्तरसहित नौ हजार नौ सय ७६ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सञ्जयप्रकाश यादवले आठ हजार १४ मत प्राप्त गर्नुभयो ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार जनता समाजवादी पार्टीबाट रेणुकुमारी यादवले छ हजार सात सय ७९ मत प्राप्त गर्नुभयो ।