९ मंसिर, सिरहा ।

सिरहा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार गुप्ता निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार दुई सय ३९ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) पार्टीका अशोककुमार यादवले १३ हजार दुई सय ३३ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी जनमत पार्टीका शम्भुप्रसाद साहले पाँच हजार पाँच सय २७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लोकहरि बस्यालले जानकारी दिनुभयो ।

सिरहा–४ (२) मा यादव सिरहा क्षेत्र नं ४ को प्रदेशसभा २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित हुनुभएको छ । यादवले नौ हजार सात सय ६३ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका सुरेशकुमार मण्डलले नौ हजार तीन सय ९८ मत प्राप्त गर्नुभयो ।