रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १६ हजार तीन सय मत प्राप्त गर्नुभयो । श्रेष्ठका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्रीले नौ हजार चार सय १० मत प्राप्त गर्नभएको प्रमुख निर्वाचन अधिकृत उद्वीर नेपालीले जानकारी दिनुभयो । यो क्षेत्रमा ४० हजार एक सय ५८ मत खसेको थियो । –––