बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई पराजित गर्नुभएको हो । गौतमले ३० हजार छ सय ११ मत तथा ज्ञवालीले २६ हजार एक सय ५५ मत प्राप्त गर्नुभयो । गौतमले चार हजार चार सय ५६ मतान्तरले ज्ञवालीलाई पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रमा एक लाख ६२ हजार छ सय ६२ मतदाता रहेकामा एक लाख चार हजार चार सय दुई जनाले मतदान गरेका थिए । यहाँ छ हजार चार सय २१ मत बदर भएको थियो ।