तेह्रथुमको प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ सय ५५ मत गर्नुभएको थियो । मतपरिणाम अनुसार विजयी दुलालले दुई सय आठ मतले प्रतिद्धन्द्वी सुब्बालाई पछि पार्नुभएको हो । प्रदेशसभा (१)अन्तर्गत छथर गाउँपालिका, लालीगुराँस नगरपालिका र म्याङलुङ्ग नगरपालिका रहेका छन् । यस क्षेत्रमा ४९ हजार एक सय २१ मतदाता रहेकामा २२ हजार चार सय २३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ