८ मंसिर, सुर्खेत ।

सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विन्दमान विष्ट विजयी हुनुभएको छ । उहाँ १३ हजार नौ सय नौ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विष्ट चार हजार पाँच सय ७९ मतान्तरले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकेशर गौतमले नौ हजार तीन सय ३० मत प्राप्त गर्नुभयो ।

यस्तै नेकपा (एकीकृत समाजवादी) का मोहन बढुवालले छ हजार दुई सय नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्णबहादुर रेगामी मगरले सात सय ९२ तथा नेपाल मजदुर किसान पार्टीका गगन कामीले ९४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।