८ मंसिर, बर्दिया ।
बर्दिया–२ (१) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी हुनुभएको छ । चौधरी २० हजार एक सय २७ मत ल्याई विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मानबहादुर थारुले १० हजार नौ सय ८४ मत प्राप्त गर्नुभएको छ । नागरिक उन्मुक्ति उम्मेदवार चौधरी नौ हजार एक सय ४३ मतको अन्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ ।
यो निर्वाचन क्षेत्रमा ४३ हजार पाँच सय सात मत खसेको थियो भने दुई हजार ३४ मत बदर भएको छ ।