८ मंसिर, कैलाली ।

कैलाली निर्वाचन–२ (२) प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरी १० हजार छ सय ६५ मतका साथ विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का डेजी पाण्डेले छ हजार नौ सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तेजप्रकाश जोशीले जानकारी दिनुभएको हो । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का नन्दबहादुर साउदले छ हजार पाँच सय ५९ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रबहादुर मल्लले एक हजार पाँच सय ३९ मत प्राप्त गर्नुभएको छ । कूल २८ हजार पाँच सय १० मत खसेको प्रदेशसभामा एक हजार पाँच सय ३९ मत बदर भएको निर्वाचन अधिकृत जोशीले बताउनुभयो ।