७९ मंसिर ८ काठमाडौ , नेपाल ।

अफगानिस्तानले उज्बेकिस्तानसँग सम्झौता भएका १८० एम्बुलेन्समध्ये १२५ वटा बुधबार प्राप्त गरेको छ । मन्त्रालयका प्रवक्ता शराफात जमानले १२५ एम्बुलेन्सहरू आफ्नो मन्त्रालयलाई हस्तान्तरण भएको बिहीबार जानकारी दिनुभएको छ । “६० लाख ५१ हजार अमेरिकी डलर बराबरको एम्बुलेन्स राजधानी र प्रान्तहरूमा सार्वजनिक स्वास्थ्य सेवा सुधार गर्न सार्वजनिक स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ,” जमानले सिन्ह्वासँग भन्नुभयो । तालिबान नेतृत्वको कामचलाउ सरकारले अफगानिस्तानको अधिकांश भागमा पर्याप्त स्वास्थ्य पहुँच नभएको भन्दै सहयोगले स्वास्थ्यलगायत सार्वजनिक सेवामा सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।