७ मंसिर, झापा ।

झापा क्षेत्र नम्बर १ को प्रदेश (१) मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ २३ हजार ४५ मतले विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रविन कोइरालाले १८ हजार छ सय ५८ मत प्राप्त गर्नुभएको छ । कोइराला संविधानसभा सदस्य हुनुहुन्छ ।

प्रदेश (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सविना बजगाई १३ हजार छ सय १२ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी श्यामवीर लिम्बूले १२ हजार दुई सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिनुभयो । बजगाई नेकपा (एमाले)सँगको तालमेलबाट उम्मेदवार बन्नुभएको हो ।