७ मंसिर, झापा ।
झापा क्षेत्र नं १ को (१) मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ निर्वाचित हुनुभएको छ ।
सत्ता गठबन्धनअन्तर्गत कांग्रेसका उम्मेदवार तामाङ विजयी हुनुभएको हो । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार रविन कोइरालालाई पराजित गर्नुभएको हो ।
तामाङले २३ हजार ४५ मत ल्याउँदा कोइरालाले १८ हजार छ सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिनुभयो । कोइराला नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा तत्कालीन संविधानसभा सदस्य हुनुहुन्छ ।विसं २०७० मा भएको संविधानसभा सदस्यको निर्वाचनमा कोइरालाले नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मालाई पराजित गर्नुभएको थियो ।