७ मंसिर, गुल्मी ।
गुल्मी क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्ट विजयी हुनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभएको छ ।
क्षेत्र नं २ अन्तर्गत प्रतिनिधिसभामा एमालेका विष्टले २८ हजार पाँच सय ८५ मत प्राप्त गरी विजयी बन्नुभएको हो । त्यस्तै गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गर्नुभएको थियो ।
गुल्मी क्षेत्र नं २ (१) मा एमालेका डिल्लीराज भुसाल विजयी हुनुभएको छ । भुसालले १४ हजार एक सय ३० मत प्राप्त गर्नुभएको थियो भने गठबन्धनका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १३ हजार आठ सय ८० प्राप्त गर्नुभएको थियो ।
त्यस्तै गुल्मी क्षेत्र नं २ (२) मा एमालेका उम्मेदवार दिनेश पन्थी विजयी हुनुभएको छ । पन्थीले १३ हजार नौ सय २९ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार बुद्धि जिसीले १३ हजार आठ सय १९ मत प्राप्त गर्नुभएको छ । झिनो मतले गठबन्धनका उम्मेदवार जिसी पराजित हुनुभएको छ ।