७ मंसिर, काठमाडाैं ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार केशवप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।

पोखरेलले आठ हजार चार सय ५९ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका श्यामकृष्ण खड्काले सात हजार तीन सय ४१ मत प्राप्त गर्नुभयो । प्रदेशसभा (२) मा जम्मा २३ हजार नौ सय १९ मत खसेको थियो । जसमा सात सय १३ मत बदर भएको छ ।

प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ, प्रदेशसभा १ मा एमालेकै हरिकृष्ण डङ्गोल र २ मा पोखरेल विजयी बन्नुभएको छ । यससँगै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिनुभयो ।