७ मंसिर, कञ्चनपुर ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा को प्रदेशसभा १ मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाट (सरल) विजयी हुनुभएको छ । सो निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार माओवादी केन्द्रका भाटले १० हजार नौ सय २५ मत प्राप्त गर्नुभएको छ । उहाँले चार सय ७५ मतको अन्तरले जित हासिल गर्नुभएको हो । भाटका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का वचनबहादुर सिंहले १० हजार चार सय ५० मत मात्रै ल्याउन सक्नुभयो ।