७ मंसिर, झापा ।

झापा क्षेत्र नं २ को प्रदेश (२) बाट नेकपा (एमाले)का उम्मेदवार चिन्तन पाठक निर्वाचित हुनुभएको छ ।

उहाँ २० हजार एक सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका खगेन्द्र मैनालीले १६ हजार तीन सय ४४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो ।

यसअघि नै प्रदेश (१) बाट एमालेकै एकराज कार्की विजयी भइसक्नुभएको छ । उहाँले १८ हजार सात सय ३१ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का पुष्पराज पोखरेल छ हजार एक सय एक मत प्राप्त गरी पराजित हुनुभएको थियो ।