६ मंसिर, रसुवा ।

हिमाली जिल्ला रसुवामा मतगणना जारी छ । आज साँझ ७ बजेसम्मको विवरणअनुसार लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार मोहन आचार्यले १७ हजार ८० मत प्राप्त गर्नुभएको छ ।

उहाँलाई पछ्याउँदै नेकपा (एमाले)का उम्मेदवार छेवाङ तामाङले सात हजार नौ सय ३८ मत प्राप्त गर्नुभएको छ । हालसम्म २६ हजार दुई सय ९३ मतगणना भएकामा २५ हजार पाँच सय ३९ मत सदर भएको छ भने बाँकी मत बदर भएको छ ।

त्यस्तै प्रदेशसभा २ तर्फ नेकपा (माओवादी केन्द्र)का इन्द्रप्रसाद गोतामेले एक हजार चार सय ३८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी तेम्ब्रेल तामाङले नौ सय ४२ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा १ को भने परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।