६ मंसिर, काठमाडाैं ।

नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मतदाताले दिएको जिम्मेवारीलाई ५ वर्षसम्ममा कुशलतापूर्वक पूरा गर्न प्रतिबद्ध छु, जनताको हरेक समस्यालाई सम्बोधन गर्न जुट्नेछु, जनताको सल्लाहमा अघि बढ्नेछु ।” न

वनिर्वाचित जनप्रतिनिधि श्रेष्ठले आफ्ना निर्वाचन क्षेत्रका चालु योजना स्वाभाविकरुपले अगाडि बढाउने उल्लेख गर्दै भन्नुभयो, “अधुरा र अपूरा योजनालाई पनि पूरा गर्दै जान्छु, सङ्घ, प्रदेश र स्थानीय सरकारसँग परामर्श गरेर आवश्यकतानुसारको नयाँनयाँ योजना तर्जुमा गरी अगाडि बढछु ।” उहाँले निर्वाचनमा सहयोग गर्ने पार्टीका नेता कार्यकर्तालगायत मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो ।