६ मंसिर, जाजरकाेट
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्तिबहादुर बस्नेतले चार हजार दुई सय ५२ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार निरज आचार्यले दुई हजार सात सय ९० मत पाउनुभएको छ ।
शक्तिले एक हजार चार सय ६२ भोटले निरजलाई पछि पार्नुभएको हो । स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ३८ पाउनुभएको छ । क्षेत्र नं १ (१) का नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बेदराज सिंहले पाँच हजार छ सय १२ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका डम्वरबहादुर सिंहले तीन हजार चार सय ४८ मत ल्याउनुभएको छ ।
त्यस्तै क्षेत्र नं १ (२)का उम्मेदवार राजीवविक्रम शाहले सात हजार ५८ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का खिमबहादुर शाहीले पाँच हजार एक सय ६९ मत पाउनुभएको छ ।