७९ मंसिर ६ काठमाडौ नेपाल ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मङ्गलबार इन्डोनेसियामा गएको विनाशकारी भूकम्पप्रति इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई शोक सन्देश पठाउनुभएको छ। सन्देशमा सीले भूकम्पले ठूलो मानवीय र सम्पत्तिको क्षति भएको सुन्दा आफू दुःखी भएको बताए। उनले चीन सरकार र चिनियाँ जनताको तर्फबाट मृतकप्रति समवेदना प्रकट गर्दै शोकसन्तप्त परिवार र घाइतेप्रति गहिरो समवेदना प्रकट गरेका छन्। विडोडो र इन्डोनेसियाली सरकारको नेतृत्वमा प्रभावित क्षेत्रका जनताले विपद्लाई जितेर आफ्नो घर पुनर्निर्माण गर्नेमा आफू विश्वस्त रहेको पनि सीले बताए।