६ मंसिर, काठमाडाैं ।
काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीको अग्रता कायम छ ।
कीर्तिपुर नगरपालिकाको १ देखि १० वडासम्मको मतगणना गर्दा पछिल्लो मतपरिणामअनुसार २० हजार नौ सय ५३ मतगणना हुँदा कांग्रेसका केसीले छ हजार ६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले चार हजार एक सय ३१ मत प्राप्त गर्नुभएको छ ।
नेकपा (एमाले) का हिमेश केसीले तीन हजार ६ सय दुई मत ल्याउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अन्जना विसङ्खेले दुई हजार दुई सय चार मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ । हालसम्म गणना भएको मतमध्ये आठ सय ६६ मत बदर भएको छ ।