६ मंसिर, सुनसरी ।

सुनसरी क्षेत्र नं १ को पछिल्लो मतगणनाको परिणामअनुसार लोकतान्त्रिक–वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का उम्मेदवार मुक्साङहाङ मेन्याङ्बो (मुकेश)ले अग्रता लिनुभएको छ । धरान उपमहानगर क्षेत्रको वडा नं १ देखि ४ सम्मको कूल छ हजार चार सय ३६ मत गनिसक्दा मुकेशले अग्रता लिनुभएको हो ।

मुकेशले एक हजार दुई सय मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले–जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले एक हजार एक सय २२ मत ल्याएर मुकेशलाई पछ्याइरनुभएको छ । यस्तै, खरायो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले एक हजार ९१, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन)ले एक हजार ९० र राप्रपाका उम्मेदवार अशोक राई (अविरल) ले एक हजार चार मत प्राप्त गर्नुभएको छ । सुरुआती चरणमा राप्रपा र स्वतन्त्र पार्टीको अग्रता थियो ।