६ मंसिर, सिरहा

सिरहाका चारवटै प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा सोमबार मध्यरातिदेखि मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार क्षेत्र नं १ मा एमाले–जसपा गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार रामशङ्कर यादवले दुई हजार ४५ मत प्राप्त गरी अग्रता लिइरहनुभएको छ ।

त्यस्तै सत्ता गठबन्धबाट कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री पदमनारायण चौधरीले एक हजार छ सय ९२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी जनमत पार्टीका युगलकिशोर साहले दुई सय ७२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार सरिता गिरीले ९४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरि क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट कांग्रेसकी नेत्री तथा पूर्वमन्त्री चित्रालेखा यादवले एक हजार तीन सय ८५ मतका साथ जसपा नेपालका उम्मेदवार राजकिशोर यादवभन्दा अगाडि हुनुहुन्छ । एमाले– जसपा गठबन्धनबाट राजकिशोर यादवको प्राप्त मत एक हजार तीन सय ८२ रहेको छ ।

त्यसैगरी जनमत पार्टीका विनोद यादवले नौ सय ७७ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं ३ मा एमाले–जसपा गठबन्धनबाट एमालेका लीलानाथ श्रेष्ठले नौ सय २२ मतका साथ अग्रता लिइरहनुभएको छ भने सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का विश्वनाथ साहले छ सय ९४ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ । त्यस्तै जनमत पार्टीका विनोदकुमार यादवले पाँच सय ७९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी क्षेत्र नं ४ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ शाहले तीन सय ८१ मत प्राप्त गरी अग्रता लिइरहनुभएको छ भने एमाले–जसपा गठबन्धनबाट जसपा नेपालका वीरेन्द्रप्रसाद महतोले तीन सय ४२ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल तिवारीले दुई सय ४६ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।