६ मंसिर, रसुवा ।

हिमाली जिल्ला रसुवामा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार मोहन आचार्य विजयी हुनुभएको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका उम्मेदवार आचार्य १८ हजार दुई सय ३५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिस्पर्धी छेवाङ तामाङले आठ हजार छ सय १४ मत प्राप्त गर्नुभएको छ ।

परिणाम जिल्ला निर्वाचन कार्यालयले आधिकारिकरूपमा घोषणा नगरेको भए पनि मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

कूल २८ हजार दुई सय ११ मत गणना गर्दा २७ हजार चार सय २७ मत सदर भएको थियो भने सात सय ८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।