६ मंसिर, अछाम ।

प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का नेता एवं निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अग्रता कायम राख्नुभएको छ ।

अछाम निर्वाचन क्षेत्र नं १ मा उहाँले सुरुआतदेखि नै अग्रता कायम राख्नुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कुँवरले १० हजार दुई सय ९० मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार झपटबहादुर बोहराले छ हजार दुई सय ६४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाहले पनि अग्रता कायम गर्नुभएको छ । शाहले आठ हजार छ सय ५७ मत प्राप्त गर्नुभएको छ भने एमालेका यज्ञ बोगटीले पाँच हजार सात सय २९ मत पाउनुभएको छ ।