५ मंसिर, सिरहा ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनपछि मतगणनाका लागि सिरहा जिल्लाका अहिले चारवटै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक बसिरहेको छ ।

प्रमुख निर्वाचन अधिकृत काजीबहादुर राईले बैठक सकिएलगत्तै दिउँसो २ बजेसम्ममा चारवटै निर्वाचन क्षेत्रमा मतगणना सुरु हुने बताउनुभयो । प्रतिनिधिसभा सदस्यको चार निर्वाचन क्षेत्रको मतगणना चारै स्थानमा हुने उहाँले जानकारी दिनुभयो । जिल्लाको क्षेत्र नं १ को मतगणना लहानस्थित दुलिचन अतिथि सदन, क्षेत्र नं २ को धनगढीमाई नगरपालिकाको प्रशासकीय भवन, क्षेत्र नं ३ को सिरहास्थित चन्द्र माध्यमिक विद्यालयमा र क्षेत्र नं ४ को मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा हुने मुख्य निर्वाचन अधिकृत राईले जानकारी दिनुभयो ।