५ मंसिर, रूपन्देही ।

रुपन्देही क्षेत्र नं ५ को मतगणना सुरु गर्न थालिएको छ । गैडहवा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पछि ११ बजेदेखि मतपेटिका खन्याइ मतपत्र मिलाउन थालिएको हो । कार्यालयमा तीन ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख चिन्तामणि शर्माले जानकारी दिनुभयो ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका भरतकुमार शाह र एमालेका वासुदेव घिमिरेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । प्रदेश सभामा गठबन्धनका फखरुद्धिन खान, एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादवलगायत पनि प्रतिस्पर्धी हुनुहुन्छ । एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो ।