४ मंसिर, काठमाण्डाै ।

तनहुँको व्यास नगरपालिका–५ पतेनी निवासी ९० वर्षीया जगतमाया न्यौपानेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि मतदान गर्नुभएको छ । उहाँले सोही वडाको ठूलोटारस्थित उदय माध्यमिक विद्यालय मतदान केन्द्र (क) बाट आज मतदान गर्नुभएको हो ।

घरदेखि पाँच सय मिटर दूरीमा अवस्थित न्यौपाने परिवारको साथमा मतदान केन्द्र पुग्नुभएको थियो । मतदान गरेपछि न्यौपानेले जनताले आफ्ना जनप्रतिनिधि चयनका लागि मतदान गर्नुपर्ने बताउनुभयो ।