७९ मंसिर ४ काठमाडौ ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ४ को देउराली मतदान केन्द्र सहित देसैभरीका मतदान केन्द्रमा छिटपुट घटना बाहेक सवै ठाँउमा सान्तिपुर्ण ढंगले निर्वाचन सप्पन्न भएको छ।  आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ ।  निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ । केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ । निर्धारित समय सकिए पनि मतदान केन्द्रको हाताभित्र लाइनमा रहेका मतदाताले मतदान गर्न पाउनेछन् । मधेस प्रदेशमा कुनै पनि मतदान केन्द्रमा मतदान स्थगन नभई सम्पन्न भएको छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मतदान भएको छ । दल र उम्मेदवारहरूबीचको विवादका कारण बाजुरा, सुर्खेत, ताप्लेजुङ, नवलपरासी पूर्व, गुल्मी, दोलखालगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ । बाजुरामा हिंसात्मक घटना भएको जानकारी आएको छ ।

प्राबी देउराली सिन्धुली कमलामाई ४ ।