४ मंसिर, मुगु ।

मुगु जिल्लाकाे ५ वटा मतदान केन्द्रहरूमा शंकास्पद वस्तु भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार खत्याड गाउँपालिका अन्तरगत ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

उत्त शंकास्पद वस्तु भेटीएलगतै नेपाली सेनासंगकाे सम्वन्यमा डिस्पोजल टोलीले डिस्पोज गरिसकेको र अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।