७९ मंसिर ४ काठमाडौ ।

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । घटना राति ११:५७ बजे भएको थियो। उक्त क्लबस्थिर शहर राज्यकै दोस्रो-सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो । उक्त क्लब समलिङ्गी नाइट क्लब भएको जनाइएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।