३० कात्तिक, काठमाडौं ।
नेपाली कांग्रेस पार्टीका महामन्त्री र झापा क्षेत्र नं. १ का उम्मेदवार विश्वप्रकाश शर्माविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन भनी परेको उजुरी निर्वाचन आयोगद्वारा तामेलीमा राखिएको छ ।
निर्वाचनको बेला आगजानी भइ आर्थिक रुपमा विपन्न पीडितलाई आर्थिक सहयोग गरेको कार्यलाई निर्वाचन आचारसंहिता विपरीत भएको भन्ने आरोप शर्मामाथि लागेको थियो । तर उक्त आरोप पुष्टि हुन नसकेको भन्दै निर्वाचन आयोगले तामेलीमा राख्ने निर्णय गरेको हो ।
हेर्नूहोस निर्वाचन आयोगको निर्णय